logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

    उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

    231
    Shares
    उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने काम शुरु गरेको बताएका छन् ।

    राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले उपचार कसरी गर्ने ? भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भएपनि रोग नै लाग्न नदिने कुरामा ठोस काम गर्न नसकेको बताए ।

    उनले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न सबैले एकताका साथ काम गर्नुपर्ने जरुरी रहेको बताए । उनले रोग जानेर कसैले नबोक्ने भन्दै रोग लाग्न नदिने गरी जागरुक अभियान सञ्चलन गर्न आवश्यक रहेको बताए । निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको शुरुवात समेत गर्न नसकेको अवस्था रहेको बताए ।

    उनले मानसिक रोगको समस्याबाट धेरै मानिसहरु ग्रस्त भएका उल्लेख गर्दै भीडभाड, स्वार्थ, अस्वस्थ प्रतिष्पर्धाले मानिसलाई अस्वस्थ बनाएको बताए । यसको उपचारात्मक विधि योग र आयुर्वेदसँग जोड्नुपर्ने उनले बताए ।

    मन्त्री पौडेलले सरकारले योगको पाठ्यक्रम विकास गर्न चाहेको बताए । उनले योगा उपचारको निम्ति छुट्टै अस्पताल बनाउने व्यवस्था गर्न जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend