एजेन्सी । बलिउड कमेडियनका बादशाह कपिल शर्माले आफ्नो विहे सम्बन्धि एक रमाईलो किस्सा सार्वजनिक गरेका छन् । ‘द कपिल शर्मा शो’ को हालै भएको एक संस्करणमा अभिनेता तथा राजनीतिज्ञ राज बब्बरसँगको कुराकानीका क्रममा कपिलले आफू बिहेबो मण्डबबाट भाग्नु परेको किस्सा सुनाएका हुन् ।
जब विहेको मण्डबमा आफ्नो फ्यानहरुको घुईँचोलाई थेग्न सकिएन तब कपिलले त्यहाँबाट भागेर आफूलाई कोठामा बन्द गराएको किस्सा सुनाएका थिए । शो मा राज बब्बरले राजनीतिक कार्यक्रममा फ्यानहरुको भीडले स्टेज भाँचिएको किस्सा सुनाउँदा यसैसँग जोड्दै कपिले पनि आफ्नो रमाईलो क्षण स्मरण गरेका हुन् ।
कपिलले गिन्नी चतरथसँग विहे गरेका हुन् । कपिल र गिन्नीकी एक छोरी पनि छिन् । सामाजिक सञ्जालमा उनले छोरीसँगको क्युट तस्बिरहरु शेयर गर्दै आएका छन् ।