logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • सरोकारवालाहरुसँग छलफल गरेर मात्र विद्येयक पास हुन्छ : एमाले सचेतक लिङथेप

    सरोकारवालाहरुसँग छलफल गरेर मात्र विद्येयक पास हुन्छ : एमाले सचेतक लिङथेप

    203
    Shares
    सरोकारवालाहरुसँग छलफल गरेर मात्र विद्येयक पास हुन्छ  : एमाले सचेतक लिङथेप

    विराटनगर । नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर कुमार लिङथेपले हत्तारमा विद्येयक पास नहुने बताएका छन् । आईतबार संसदीय पत्रकार मञ्च कोशी प्रदेशसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै लिङथेपले सरोकारवालाहसँग पर्याप्त छलफल गरेर मात्र उत्कृष्ट विद्येयक पास गराउनेमा आफूहरु लाग्नेमा जोड दिए ।

    कोशी प्रदेशको हिउँदे अधिवेशनमा कम्तिमा १० वटा विधेयक सभामा टेबल हुने जनाईएको छ । सोमबारबाट सुरु हुने अधिवेशनमा कम्तिमा १० वटा विधेयक संसदमा टेबल गर्ने तयारी रहेको जानकारीमा आएको उनले बताए ।

    ती मध्य केही विधेयक संशोधनका रूपमा समेत सभामा टेबल हुने प्रमुख सचेतक लिङथेपले बताए ।

    उनले यस पटकको हिउँदे बिजनेसको अभाव नहुने बताए । ती विधेयकलाई म्याचुवर्ड गराउन मिडियाको पनि भूमिका रहने उनको भनाई छ । उनले भने, ‘प्रदेश सभालाई प्रभावकारी बनाउन मिडियाको पनि भूमिका महत्वपूर्ण हुन्छ ।’

    ‘२ महिनाका लागि प्रदेश सभामा बिजनेसको कमी हुदैन’, उनले भने, ‘यस पटक कानुन बनाउन हतार हुँदैन । सरोकारवालासङ तल्लो तहमा लगेर पनि छलफल हुन्छ । कुनै विधेयक पास नगरी नहुने भए पास गर्ने तर पछि गर्दा पनि हुन्छ भन्ने देखिए थप छलफल गरेर विधेयक पास गरिने छ ।’

    कति पय कानुन बनाउने क्रममा हतार भएको छ यो सिकाइबाट सरोकारवालासङ यस पटक छलफल बढी गर्न लागिएको उनको भनाई छ । उनले प्रदेश सभालाई स्थिर बनाउन एमाले लागि परेको बताए ।

    उनले भने, ‘प्रदेश सभा स्थिर बनाउनका लागि राष्ट्रिय राजनीतिले पनि असर गरी रहेको छ । हाम्रो हिसाबले मात्रै प्रदेशको स्थिरता कायम रहँदैन ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend