logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • अर्थमन्त्री पौडेलले भने : ‘अर्थतन्त्र पनि डुब्दैन, बैंक पनि डुब्दैन’

    अर्थमन्त्री पौडेलले भने : ‘अर्थतन्त्र पनि डुब्दैन, बैंक पनि डुब्दैन’

    287
    Shares
    अर्थमन्त्री पौडेलले भने : ‘अर्थतन्त्र पनि डुब्दैन, बैंक पनि डुब्दैन’

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    आईतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले पछिल्लो समय कतिपय मानिसहरुले बैंक र अर्थतन्त्र दुवै डुब्दै गएको अफवाह फैल्याउने काम गरेको बताए ।

    उनले अर्थतनको बारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेकाहरुले यस्तो नकारात्मक सन्देश फैल्याएको भन्दै वर्तमान सरकारले अर्थतन्त्र र बैंकलाई डुब्न नदिने प्रतिवद्धता जनाए । उनले पछिल्लो समय अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको तथ्याङ्कहरुले पुष्टि गरेको भन्दै कुनै नकारात्मक टिप्पणीले अर्थ नराख्ने बताए ।

    अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरुको पछि कोही पनि लाग्न नहुने बताए । उनले सञ्चार जगतले पनि नकारात्मक कुरालाई प्रवद्र्धन नगर्न आग्रह गरे । उनले बैंकहरुमा तरलता थुप्रिएर बसे पनि पछिल्लो समय लगानीमा सुधार हुँदै आएको बताए ।

    उनले सरकारले बैंकमा संकलन भएको निक्षेप उत्पादन,उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास पनि गरिरहेको बताए । उनले सरकारले पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी रहेको बताए । उनले पूर्वाधार निर्माणमा समय,लागत र गुणस्तर सुनिश्चित गर्ने विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले सरकारले निर्वाह गर्नुपर्ने सबै भुक्तानी दिइसकेको बताए । कुनैपनि निर्माण व्यवसायीले विधि पुर्याएर दाबी गरेको भुक्तानी नरोकिएको उनले बताए ।

    अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयले तथ्यमा चिट नगर्ने बताए । उनले वर्तमान सरकारले अर्थ मन्त्रालको जिम्मेवारी लिँदा सूचक नकारात्मक रहेको तर पछिल्लो ६ महिनामा सरकारले अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काएको दाबी गरे ।

    उनले अर्थ मन्त्रालयले वर्षेनी १७५ प्रकृतिका कोषमा पैसा विनियोजन गरेर खर्च गर्दै आएको बताए । अर्थमन्त्री पौडेलले सरकारले ल्याएका अध्यादेश मुलुकको समृद्धि र व्यवसायीक वातावरण निर्माणको लागि भएको उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend