काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बिहीबार गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन् । सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् ।
कांग्रेसले संसद विघटनको विरोधमा बिहीबार देशभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम राखेकाे छ ।
संसद विघटनकाे कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।