logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • विश्लेषक भरत दाहाल भन्छन्, संसद पुनर्स्थापना भए पनि देश उँभो लाग्दैन (भिडियाेसहित)

    विश्लेषक भरत दाहाल भन्छन्, संसद पुनर्स्थापना भए पनि देश उँभो लाग्दैन (भिडियाेसहित)

    3.8K
    Shares

    कठमाडौ । त्रिमूल पार्टीका अध्यक्ष तथा राजनीतिक विश्लेषक भरत दाहालले ससद पुनर्स्थापना भए पनि देश उँभो लाग्ने अवस्था नदेखिएको बताएका छन् । सुनौलो नेपालसँगको संवादका क्रममा दाहालले हिजो र आजको अवस्था हेरेर विश्लेषण गर्दा फेरि पनि त्यही अवस्थामा पुगिने बताएका हुन् । उनले ४७ सालदेखि ७७ सालसम्म आइपुग्दा भएको राजनीतिक उतार चढावमा संविधान बने पनि, दुई तिहाइको सरकार बने पनि अवस्था एउटै भएकाले अबका दिनमा पनि ससद पुनर्स्थापना भएर देश उँभो लाग्ने सम्भावना नदेखिएको बताएका हुन् ।

    प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विश्लेषक दाहालले ओलीले राष्ट्रको माया गरेको र भारतसँग निडर भएर बोलेको नाटकमात्र भएको टीप्पणी गरेका छन् । उनले भारतले उनको औकात र हैसियत देखाइदिएको पनि बताएका छन् । प्रधानमन्त्री ओली र जी टीभीसँगको अन्तर्वार्ताको विषयमा बोल्दै उनले भने ‘चिनियाँ राजदूतलाई ‘ओलीकी इश्किया’ प्रस्तुत गर्ने टीभी जसले यत्रो बबण्डर मच्चायो त्यसैका सम्पादकलाई छानेर अन्तर्वार्ता दिइयो । फेरि सगरमाथाको छेउसम्म लगेर सगरमाथाबारे एउटा अनर्गल रिपोर्ट बनाउन लगाइयो । त्यो के थियो भने, चुच्चे नक्साको बारेमा बोल्नु त मेरो विवशता हो तिमीहरुलाई त मैले यतिसम्म गर्नको लागि दिएको छु नि भनेर देखाइएको थियाे ।’

    उनले ओलीको औकात देखाउनकै लागि जी न्युज आएको पनि बताएका छन् । अगाडि उनले भने, ‘लिम्पियाधुरासहितको नक्सा पारित गर्दा चीनको उक्साहटमा यो पारित गरिएको हो भनेर महिनौँसम्म बजाउने पनि त्यही जी न्युज हो । ओलीको बेइजती गर्ने पनि त्यही जी न्युज हो । अन्तर्वार्ताको लागि त्यसलाई छानियो । ओली त्यही मिडियासँग बोल्न किन राजी भए भने उनको लिम्पियाधुरासँगको जुन बकबक छ नि त्यसका बारेमा सफाइ त दिनुपर्यो भारतीयहरुलाई । त्यो मेरो देशभित्रको राजनीति हो । मेरो वास्तविकता यो हो भनेर ।’

    विश्लेषक दाहाल अहिले भारतको सत्तापक्षले ओलीको समर्थन गरिरहेको बताउँछन् । यदी समर्थन गरेको थिएन भने जी न्युज पनि नआउने, परराष्ट्रमन्त्रीको भ्रमण पनि नहुने उनको बुझाइ छ । बीजेपी समर्थक मिडियाहरुले भारतमा ओलीको कदमको विरुद्धमा नबोलेकाले पनि यो प्रष्ट हुने उनको दाबी छ ।

    मोदीको सत्ता ओलीसँग निकट हुनुको कारण कोशी नदी बेचेर आफ्नो सत्ता जोगाउने दाउमा भारतीय सत्तासँग ओली पक्षले दलाली सुरु गरेको पनि विश्लेषक दाहाल बताउँछन् । ‘देशका मुद्धा भजाएर खाने यस्तो आपराधिक मानिसिकतालाई हामीले देशभक्ति भन्न थाल्यौँ भने हामीले कहिल्यै पनि देशभक्तिको भुमिका निभाउँदैनौँ । मेरो बुझाइमा यो सबै नक्कली हो’ उनले भने । 

    विश्लेषक दाहालले अमेरिकनले चाहेको समीकरण कमसेकम सामान्य बहुमत ससदमा पुर्याएर चाहिँ एमसीसी पारित गर्ने डिजाइनमा अघिल्लोपटक अध्यादेश आएको र यसमा ओली असफल भएपछि र यो पछिल्लो पटकको घटना दोहोरिएको बताएका छन् । एकताको पछाडि पनि ओलीको एजेण्डाले काम गरेको र विभाजनका पछाडि पनि उनकै एजेण्डाले काम गरेको उनको तर्क छ । राष्ट्रपहिलो भन्ने मान्यताले यहाँ कसैले राजनीति नगरेको पनि उनले बताए । उनले भने, ‘देशले राजनीतिमा कहिल्यै स्थान पाएन, राष्ट्र मर्दै गयो दल मोटाउँदै गए ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend