logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिँदै डोनाल्ड ट्रम्पले के भने ?

    अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिँदै डोनाल्ड ट्रम्पले के भने ?

    735
    Shares
    अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिँदै डोनाल्ड ट्रम्पले के भने ?

    क्यापिटल हिल, सिन्ह्वा । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।

    शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताए । उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

    ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे । उनले भने- ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।’

    राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्व राष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

    राष्ट्रपतिको सपथ ग्रहण लगत्तै गरेको सम्बोधनमा नेता ट्रम्पले भने, “आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ । अब हाम्रो देश समृद्ध हुनेछ र सम्मानित हुनेछ।”

    उनले अगाडि भने, “म स्पष्ट छु म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्नेछु।”

    “अमेरिकाको सार्वभौमिकता पुनः स्थापित हुनेछ, सुरक्षा पुनस्र्थापित हुनेछ र न्यायको सन्तुलन कायम राखिनेछ,” उनले भने।

    ट्रम्पले न्याय विभागको अनुचित र पक्षपातपूर्ण प्रयोगको अन्त्य हुने पनि बताए । राष्ट्रपति ट्रम्पले भने, “हाम्रो पहिलो प्राथमिकता गौरव, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण देश निर्माण गर्नु हो ।”

    ट्रम्पले अवैध प्रवेश तत्काल रोकिने र सरकारले लाखौँ ‘आपराधिक आप्रवासी’लाई आफ्नो देशबाट निर्वासित गर्ने प्रक्रिया सुरु गर्ने बताए ।

    आफ्नो पहिलो कार्यकालमा ट्रम्पले २२० कार्यकारी आदेश जारी गरेका थिए जसमध्ये धेरै अदालतमा विवादको हिस्सा बनेका थिए। यसको तुलनामा जो बाइडेनले १६०, ओबामाले २७७ र बुशले २९१ आदेश जारी गरेका थिए ।

    यो पनि : 

    राष्ट्रपतिको शपथ लिनुअघि ट्रम्पले घोषणा गरे आफ्नो नामको क्रिप्टोकरेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend