logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छ : कानूनमन्त्री चौरसिया

    नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छ : कानूनमन्त्री चौरसिया

    245
    Shares
    नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छ : कानूनमन्त्री चौरसिया

    काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल रहेको बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महान्यायाधिवक्ताको कार्यालयले गरेको कामको समेत उच्च मुल्याङ्कन गर्नुपर्ने समेत बताए । उनले महान्याधिवक्तालाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनाउनुपर्ने समेत बताए ।

    उनले विभिन्न लोकतान्त्रिक देशहरुमा महान्यायाधिवक्ता नै प्रधानमन्त्रीको सल्लाहकार बस्ने गरेको बताए । उनले महानायाधिवक्ताले कार्यसम्पादनका क्रममा भएका त्रुटिहरु सच्याउनुपर्ने बताए ।

    उनले भने, ‘अभियोजन लाग्ने बित्तिकै कोही मान्छे दोषि पनि हुँदैन र सबै मानछे निर्दोष हुन्छ भनने कल्पना पनि गर्नु हुँदैन । हाम्रो नेपालको जुन कोर्ट छ त्यो अब्बल छ । महान्यायाधिवक्ताको कार्यालयले गर्नुभएको कामको पनि उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

    अन्य लोकतान्त्रिक देशहरुमा पनि रिटर्नी जनरल सरकारको प्रमुख सल्लाहकार हुन्छ । कानून मन्त्रीलाई नै रिटर्नी जनरल बनाउने हो भने सरकार परिवर्तन हुनासाथ ति पनि परिवर्तन भइहाल्छन् नि त । महान्यायाधिवक्ताको कार्यालयमा स्थायी निकाय छ । नायव महान्यायाधिवक्ताज्यु हुनुहुन्छ ।

    उहाँहरु पनि स्थायी हुनुहुन्छ । र सरकारको कानूनी सल्लाह दिने कुराहरु र केही जटिल विषयमा निर्णय लिने कुराहरु बाहेक सबै कामहरु त उहाँहरुले गर्नुहुन्छ । त्यसकारण अहिले जुन प्रकारको कार्य सम्पादन महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छ । त्यो सन्तोगाजनक नभएपनि उहाँहरुले सुधार गर्नुहुन्छ ।’

    उनले महान्यायाधिवक्ताको कार्यालयका समस्या र स्रोत व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend