logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • लहडमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान बन्द भयो भन्नेकुरा स्वीकार्य छैन : पर्यटनमन्त्री

    लहडमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान बन्द भयो भन्नेकुरा स्वीकार्य छैन : पर्यटनमन्त्री

    175
    Shares
    लहडमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान बन्द भयो भन्नेकुरा स्वीकार्य छैन : पर्यटनमन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान गर्न दिने/नदिने बारेमा निर्णय लिन नसक्ने बताएका छन् ।

    मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सगरमाथा राष्ट्रिय निकुञ्जमाथि हेलिकप्टर उडाउन नदिने निर्णय राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले गरेको भन्दै यो गलत भएको बताए । उनले तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने रारा, बर्दिया, शिवपुरी, चितवनको आकाशमा पनि नउडाउनु ? भन्दै प्रश्न गरे ।

    उनले हेलिकप्टर उडानका कारण विद्यार्थी, जनावर, ध्वनी प्रदुषण र त्यहाँको जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नियमनलाई अझ प्रभावकारी बनाउने कुरामा भने राज्यले ध्यान दिने बताए । निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाका कर्मचारीहरु बसेर यो आकाशमा हेलिकप्टर चल्दैन भन्नु नेपालको संविधान र कानूनको व्यवस्थाअनुसार गलत भएको बताए ।

    सो विषयमा गृह मन्त्रालयले काम गरिरहेको र प्रमुख जिल्ला अधिकारीले पनि सर्वपक्षीय बैठक बसेर छलफल गरिरहेको जानकारी दिँदै आवश्यक परे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि निर्णय गर्ने बताए ।

    उनले चलायमान पर्यटकीय पर्वतारोहणको सम्भावनालाई ध्वस्त पार्ने काम भएको बताए । उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई अघि बढाएर नेपालको पर्यटन क्षेत्रबाट फाइदा लिनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend