logo

२०८१ माघ १० बिहिबार

logo
  • बिहिबार, १० माघ २०८१
  • संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो, समितिमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा

    संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो, समितिमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा

    133
    Shares
    संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो, समितिमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताउँदै संसदीय समितिहरुले गुणत्मक रुपमा काम गर्नुपर्ने बताएका छन् ।

    बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलाई भइरहेको बताएका हुन् । उनले बन्न बाँकी कानूनहरु बनाउन संसदीय समितिहरुले उपसमिति गठन गरेर कानूनी अभ्यास गर्न जरुरी रहेको बताए ।

    उनले समितिमा सांसदहरुको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न उनले सुझाव दिए । उनले संघीय निजामति विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राखे । उनले मुस्कानसहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताए ।

    उनले भने, ‘संविधानपछि बन्नुपर्ने धेरै कानूनहरु अहिले पनि प्रतिक्षारत छन् । ढिलो भइरहेको छ । हामीले गर्न सकेनौं भन्ने सन्दर्भमा नागरिकपंक्तिमा प्रश्न पनि छन् । त्यसलाई दृष्टिगत गर्दै यसलाई छिटो छरितो बनाउने सन्दर्भमा उपसमितिमार्फत थप एक्सरसाइज गरौं । त्यो भयो भने हामीले बैठक शुरु हुने बेलामा अब दुई जनामात्र आएपछि कोरम पुग्छ भन्ने अवस्थाबाट मुक्त हुन्छौं ।

    समितिमा सांसदहरुको उपस्थिति संख्यात्मक भन्दा पनि गुणत्मक बनाउनका लागि हामीले उपसमितिहरु गठन गरेर काम कारहबाही गर्न मेरो सुझाव छ । संख्यात्मक परिस्थितिको हिसाव किताव निकाल्दा परिणाम कम निक्लिएला । हामीले उपसमितिद्वारा काम गर्नसक्यौं भने हाम्रो उपस्थिति पनि बलियो र परिणाममुखि काम गर्न पनि सजिलो हुन्छ ।

    यसतर्फ म सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । विधेयकका सन्दर्भमा सुशासनमुखी शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ । हामीले भन्दै आएको मुस्कानसहितको सेवाले सेवाग्राहीसँग नम्र व्यवहार गर्ने भनेको हो नि । तर सेवाग्राहीलाई मुस्कान दिएर हुदैन, आज त हुदैन भनेर त काम बन्दैन । अब मुस्कानसहितको सेवा भनाई जनतामा मुस्कान आउने सेवा चाहियो ।’

    संसदीय समितिहरु कोरम पुर्याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उनको भनाइ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend