logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छ : खानेपानीमन्त्री यादव

    सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छ : खानेपानीमन्त्री यादव

    238
    Shares
    सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छ : खानेपानीमन्त्री यादव

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बजेट बनाउने प्रतिवद्धता जनाएका छन् ।

    शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाई नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

    उनले मन्त्रालयले मुलुकभरका आम नागरिक पाउने खानेपानीको विषयमा अध्ययन गरेको भन्दै आगामी बजेटमा सबै नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेट व्यवस्थापन गरिने बताए । उनले विगतका मन्त्रीले ल्याएको बजेटका विषयमा टिप्पणी नगर्ने भन्दै अब बजेट बन्दा खाने पानी नपुगेको उपभोक्तालाई समेत खानेपानी पुर्याउने गरी बजेट ल्याउने बताए ।

    उनले खानेपानीको लागि पर्याप्त बजेट नभएकाले सबै उपभोक्तालाई सहज खानेपानी पुर्याउन समस्या भएको बताए । उनले वर्तनमा सरकार अगामी बजेटमा हिमाली, पहाडी वा तराईका जनताको हकमा बजेट बनाउने बताए ।

    उनले खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएको बताए । उनले अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बनाएर कार्यान्वयन गर्ने बताए । उनले कसैको प्रभावमा खानेपानी मन्त्रालय नपर्ने पनि बताए ।

    उनले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रवन्ध मिलाइएको दाबी गरे । उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने सरकारको योजना रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend