logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • चर्चित गीतका गुमनाम गायक 

    चर्चित गीतका गुमनाम गायक 

    3.8K
    Shares

    काठमाडौं । ‘आखिर टाढा भइहाल्यौ पछि लाग्नु व्यर्थ थियो, अरु आँसु थापि दियौ रमाउन खोज्नु गल्ती भयो’ १४ वर्ष अगाडि रिलिज भएको यो गीत अहिले पनि युवाहरुबीच उत्तिकै लोकप्रिय छ । पप जनराको यो गीत मन नपराउने सायदै होलान् । ‘बिडम्बना पैसा बिना’ एल्बममा समावेश यो गीत गाएका हुन् रवि बज्राचार्यले ।

    बज्राचार्यको यो गीतले सबैको मन मष्तिष्कमा एउटा छाप बनाएको छ । बज्राचार्य भन्छन् ‘यो गीतले मलाई एउटा उचाइमा पुर्याएको छ ।’ उनी आफ्नो सफलताको कारण पनि मान्छन् यो गीतलाई ।

    यो गीत एउटा पत्रिकामा छापिएको कविताको पंक्ति हो । कविताको पंक्तिलाई बज्राचार्यले कम्पोज गरे । गीतमा बदले । गाए । गीत हिट पनि भयो । यस गीतले रविलाई सोच्दै नसोचेको उचाइ कायम गरिदियो । रवि ब्रर्जचायको पहिचान स्थापित गरिदियो । उनी सम्झन्छन् ‘यो गीत मेरो सांगितिक जीवनको टर्निङ पोइन्ट नै हो ।’

    १४ वर्ष पुरानो गीत अहिले पनि युवाहरुमाझ लोकप्रिय छ । अहिले पनि युवाहरु यो गीत गुनगुनाउने खोज्ने हेर्ने गरिरहेको देख्दा उनी खुसी भएको बताउँछन् । बज्राचार्यले यस अघि २०५७ सालमा ‘सम्झे तिमीलाई’ नामक पहिलो गीत रेकर्ड गराएका थिए । तर यो गीत एल्बममा मात्र सीमित रह्यो । पहिलो गीतले उनलाई खासै चिनाएन ।  उनी भन्छन् ‘कुन गीत कति बेला हिट भइदिन्छ थाहा नै हुँदैन ।  ‘आखिर टाडा’ सफल हुनुमा ‘लक’ पनि हो कि भन्ने विश्वास छ ।’

    ‘आखिर टाडा’ भन्ने गीतको अपार सफलतापछि उनले दोस्रो एल्बम गर्ने सोच बनाए । दोस्रो एल्बमको लागि उनले करिब पाँच वर्ष खर्च गरे । तर एल्बम निकाल्न सकेनन् । यही बीचमा केही गीतहरु भने गाए । तर उनको एल्बम निकाल्ने सपना भने पूरा भएन । पाँच वर्षसम्म एल्बमको तयारीमा लाग्दा उनको आर्थिक अवस्था पनि कमजोर भइसकेको थियो । म निराश भए, इच्छा, चाहना, सपना, रहर सबै रोकिए । सपनाको यात्रा रोकिए पनि वास्तविताको यात्रा नरोकियोस भने चाहन्थे र म आफैँमा मात्र संगीत गर्न थाले  ।  उनले आफ्नो संगीत प्रतिको रहर भने मर्न दिएनन् । यही बीचमा उनले आफ्नो एल्बम निकाल्ने भन्दा पनि गीतमा संगीत भर्ने काम गर्न थाले । 

    Rabi 2 .jpg

    आखिर टाडा, ह्दय, निश्चल तिम्रो आँखामा हुदैँ तिम्रो मायामा गीतसम्म आईसक्र्दा रविलाइ स्याड, ट्रयाजिक, लभ संड मात्र गाउँछ भन्ने आरोप पनि लागने गर्छ । रवि भन्छन् , ‘संन्सारमा परिर्वतनका लागि दुई कुराको जरुरत हुन्छ । कि युद्ध, कि प्रेम । म भावनामा डुब्ने मान्छे हुँ र मायाले संसार जित्नु पर्छ भन्ने मेरो मान्यता छ । त्यसैको बिम्ब मेरो गीत, संगीतमा झल्किन्छ होला । मैले आजसम्म आफ्नै जीवन भोगाइमाथि रहेर वास्तविताको चित्रणमा काम गरेको छु । मेरो जीवनमा घटेका जति पनि रमाइला तथा नरमाइला पल छन् । तीठा–मिठा अनुभव छन् त्यसैलाई आधार बनाएर काम गरिरहेको छु ।’

    आफ्नो आत्माले जे काम गर् भन्छ त्यही नै गर्ने उनको भनाइ छ । उनी थप्छन् ‘त्यसो गर्दा सन्तुष्टि मिल्छ ।’ उनी आफू कुन स्थानमा छु भनेर नहेरेको र गीत संगीतको क्षेत्रमा हिजो भन्दा आज निखारिएको, धैरै कुरा सिकेको भन्नेमा विश्वस्त छन् ।

    उनी संगीतमा निरन्तर लागिरहे पनि पछिलो समय संगीतिक क्षेत्रबाट टाडिएको हो कि भन्ने अनुमान लगाउन थालिएकोे छ ।  तर उनी भन्छन् ‘म हराएको छैन, हिजो पनि संगीत भित्रै थिएँ र आज पनि छु । आनन्द आउँदासम्म र श्रोताले रुचाउन्जेल सम्म संगीत गरिरहन्छु ।’

    कुनै प्रतिस्पर्धामा नलागेर आफ्नो रुची र खुशीका लागि आफू सांगीतिक दुनियाँमा आएको र यही दुनियाँमा सन्तुष्ट रहेको उनको भनाइ छ । उनी फेरि अब अर्को एल्बमको तयारीमा लागिरहेका छन् । आफूले गाउने गीत प्रायः उनी आफैँ कम्पोज गर्छन् । शब्दमा पनि उनी निकै सचेत रहन्छन् । यसो गर्दा गीत राम्रो बन्ने मान्यता उनको छ ।

    सुरुवाती समयमा रहरै रहरमा सांगितिक क्षेत्रमा पाइला चालेका उनको गायन यात्रा दर्शकले गम्भीर रुपमा लिनुमा उनले गरेको साधना र मेहनतको ठूलो योगदान भएको उनको बुझाइ छ । उनी भन्छन् ‘गीत संगीतबाट आत्मसन्तुष्टि मिलेको छ । संगीत एक साधना हो । जसमा म निरन्तर लागिरहने छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend