logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    कांग्रेस संसदीय दलको बैठकमा सांसदहरु : संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौँ

    कांग्रेस संसदीय दलको बैठकमा सांसदहरु : संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौँ

    518
    Shares
    कांग्रेस संसदीय दलको बैठकमा सांसदहरु : संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौँ

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेका छन् ।

    शुक्रबार संसद भवनस्थित ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगमी संघको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग गरेको बताए ।

    उनले आज सांसदहरुले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरुले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिए । उनले बैठकमा सांसदहरुले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरु उठाएको बताए ।

    उनले भने, ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सक्नेगरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरुको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ । सांसदहरुको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरु, पदाधिकारीहरु र नेताहरुले बोल्ने क्रम बाँकी छ । यो संसदको बैठक २४ गते हुन्छ ।

    त्यही दिन बिहान साढे ८ बजेदेखि बस्नेगरी बैठकलाई स्थगन गरिएको छ । अध्यादेशको विषयमा मान्य सदस्यहरुले कुरा उठाउनुभएको छ । आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरु उठाउनुभएको छ । सम्बन्धित जिल्लाका मान्य सदस्यहरुले पाथीभराको केबलकारका विषयमा जुन किसिमको द्वन्द्व भइरहेको छ ।

    त्यसमा पनि प्रश्न उठाउनु भयो । त्यसमा गृहमन्त्रीज्युले संसदीय मामिला मन्त्रालयअन्तर्गत पर्दो रहेछ । उहाँले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुंग्याउन निर्देशन दिएको बताउनु भयो । आजको बैठकमा आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निार्वचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग उठाउनुभएको छ ।’

    बैठकमा पाथीभरा केबलकारको बारेमा पनि सम्बन्धित जिल्लाका सांसदहरुले आफ्ना धारणा राखेको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend