
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद अशोक राईले संविधानमा भएको कमजोरीलाई सुधार गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उनले जनताको आवाजलाई सम्बोधन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरे ।
संसद्लाई थप प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षकाबीचमा समझदारी जरुरी रहेको उल्लेख गर्दै उनले आजदेखि सुरु भएको सङ्घीय संसद्को अधिवेशनलाई रचनात्मक बनाउनुपर्ने बताए ।
उनले पाथीभरा केबलकारका सन्दर्भमा भएको विवादमा स्थानीय प्रहरी प्रशासनले बल प्रयोग गरेकामा सरकारको ध्यानाकर्षण गराए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend