काठमाडौं । भारतको राजधानी दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट भएको छ । भारतीय सञ्चार एजेन्सी पीटीआईले दूतावास नजिकै विस्फोट भएको जानकारी दिएको छ ।
विस्फोट के कारणले भयो र क्षति कति भयो भन्ने विषयमा भने विस्तृत विवरण आइनसकेको जनाइएको छ । विस्फोटका कारण केही कारहरुमा क्षति भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको बीबीसी हिन्दीले जनाएकाे छ ।
Blast outside Israeli Embassy, some cars damaged: Delhi Police
— Press Trust of India (@PTI_News) January 29, 2021