logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • इजरायली प्रधानमन्त्रीविरूद्धको आन्दोलनमाथि दमन 

    इजरायली प्रधानमन्त्रीविरूद्धको आन्दोलनमाथि दमन 

    2.2K
    Shares

    जेरुसेलम । भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा माग गर्दै सडकमा भएको प्रदर्शनलाई प्रहरीले पानीको फोहरा प्रयोग गरेर दमन गरेको छ ।

    प्रधानमन्त्रीको राजीनामा माग्दै अघि बढेका केही आन्दोलनकारीले निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेको, प्रहरीमाथि पथ्थरले आक्रमण गर्दै दुर्ब्यवहार गरेपछि बल प्रयोग गरिएको प्रहरीले बताएको छ ।

    करिब १० डिग्री सेल्सियसको तापक्रम रहेको चीसो रातमा दशौँ हजारको सङ्ख्यामा सहभागी आन्दोलनकारीले प्रधानमन्त्रीको राजिनामा माग्दै प्रदर्शनमा सहभागिता जनाएपछि उनीहरूलाई मैदानबाट हटाउन प्रहरीले पानीको फोहरा प्रयोग गरेको बताइएको छ । 

    जेरूसेलममा विगत सात महिनादेखि हरेक शनिबार नेतन्याहुविरुद्धको आन्दोलन हुँदै आएको छ । झडपपछि आन्दोलनमा सहभागी कैयौँ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सुरक्षा अधिकारीसमेत केही व्यक्ति घाइते भएका छन् ।

    सरकारले संसदमा विश्वासको मत पुष्टि गर्न नसकेपछि आगामी मार्च २३ मा निर्वाचनको मिति तय गरिएको भएपनि प्रदर्शनकारीहरू प्रधानमन्त्री नेतन्याहमाथि गम्भीर भ्रष्टाचारका मुद्दा लागेको, कोरोना भाइरसको महामारीका समयमा राज्यका तर्फबाट कुशल व्यवस्थापन गर्न नसकेको, महामारी नियन्त्रण गर्ने क्रममा सरकारले अख्तियार गरेको नीतिका कारण बेरोजगार दर दुई अङ्कले वृद्धि भएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्न असक्षम रहेको दाबी गर्दे सडकमा आएका छन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend