एजेन्सी । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी पक्राउ परेकी छिन् । सोही पार्टीका प्रवक्ताले जनाए अनुसार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकीलाई सेनाले हिरासतमा लिएको हो। सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ ।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले फराकिलो मतले जित निकालेको थियो । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ। सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।
एनएलडीका प्रवक्ताले प्रजातन्त्रवादी नेतृ सुकी, राष्ट्रपति विन मिंट र अर्का एक नेतालाई हिरासतमा लिएको बताएका रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
सन् १९९१ मा नोबेल शान्ति पुरस्कारले सम्मानित सुकीले १५ वर्षसम्म लामो नजरबन्दको जीवन बिताएकी थिइन्।