काठमाडौं । नेपाल सरकारका खानेपानी मन्त्री मणि थापाले बिप्लव समूहका नेता हेमन्त प्रकाश अोलीलाई नख्खु जेलमा गएर भेट गरेका छन् ।
स्रोतका अनुसार मंगलबार बिहान ओली भेट्न मन्त्री थापा नख्खु जेलमा पुगेका थिए । विप्लव समूहका प्रभावशाली नेता ओली २०७५ साल ८ गते काभ्रेबाट पक्राउ परेका थिए ।
ओलीकै योजनामा २०७५ फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष थियो । हिंसात्मक गतिविधि बढाएको भन्दै तत्कालिन समयमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध गरेको थियो ।