काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
बुधबार साँझ देशभर मसाल जुलुस गरिने पनि पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे छ । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने नेकपा प्रचण्ड–माधव समूहकी नेतृ तथा संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।
पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।