logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • दाहाल–नेपाल पक्षले किन गर्‍याे बिहीबार आमहड्तालको घोषणा ?

    दाहाल–नेपाल पक्षले किन गर्‍याे बिहीबार आमहड्तालको घोषणा ?

    3.2K
    Shares

    काठमाडौं । विभाजित भएपछि (नेपाल कम्युनिष्ट पार्टी) नेकपा यतिबेला शक्ति प्रदर्शनमा लागिरहेको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको हो । नेकपा ओली पक्ष चुनावको तयारीमा लागिरहेका छन् भने नेकपाको अर्को दाहाल–नेपाल पक्ष संसद पुनर्स्थापनाको मागसहित सडकमा आन्दोलन गरिरहेको छ । नेकपाको दाहाल–नेपाल पक्ष यतिबेला तेस्रो चरणको आन्दोलनमा छ । तर, प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त गरेर बुधबार सपथ खुवाएपछि यो समूह अझ रूष्ट भएको छ । रुष्ट बनेको नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । 

    दाहाल– नेपाल पक्षले यसअघि पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा राधजानीमा शक्ति प्रदर्शन गर्दै सभा सम्पन्न गरेपछि प्रधानमन्त्री ओलीले सभा कस्तो हुन्छ २३ गते देखाउने भनी चुनौती नै पेश गरेका थिए । त्यहीअनुरुप २३ गते प्रधानमन्त्री ओलीले दरबारमार्गमा सभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि लाखौँ मानिस उपस्थित गराउने तयारी नेकपाको ओली समूहले गरेको छ । भेलाको पूर्वसन्ध्यामा उपत्यकामा बुधबार मोटरसाइकल र्‍यालीको आयोजनासमेत भइसकेको छ । 

    प्रधानमन्त्री ओली पक्षले काठमाडौंमा विशाल सभा गर्ने भनिएको अघिल्लो दिन २२ गते दाहाल–नेपाल समूहले आमहड्तालको घोषणा गरेको छ । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सब बन्द रहने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते गर्न लागेको भेलामा सहभागी हुन काठमाडौं उपत्यका बाहिरबाट आउने कार्यकर्ताका लागि यो समूहको आमहड्तालले प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । 

    ओली समूहले शक्ति प्रदर्शनको लागि देशका विभिन्न ठाँउबाट राजधानीमा कार्यकर्ता भित्र्याउने तयारी गरेको छ । यसका लागि नेकपा काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । यस्तै, प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ ।

    विहीबार आमहड्तालबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा दाहाल–नेपाल समूहका संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले २३ गतेको भेलासँग आफूहरुको केही सम्बन्ध नभएको बताएका छन् । उनले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याइँ र निरंकुशतन्त्रको पराकाष्टा भएको र त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताएका छन् ।

    समस्यामा विद्यार्थी 

    यतिबेला विभिन्न संकायका स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुको परीक्षा संचालन भइरहेको छ । श्रेष्ठले परीक्षामा सहभागी हुने विद्यार्थीलाई नरोकिने बताए पनि बिहिबार परीक्षा दिने विद्यार्थीहरु अन्यौलमा छन् । सवारी साधन भएका विद्यार्थीहरुलाई सहुलियत भए पनि सवारी साधन नभएका र परीक्षा केन्द्रबाट टाढा घर भएकाहरु भने अन्यौलमा देखिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend