एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले म्यानमारमा भएको सैन्य कू विफल बनाउन विश्व समुदायलाई आह्वान गरेका छन्।
उनले संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् । उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताए।
महासचिव एन्टेनियो गुटेरसले चुनावलाई उल्ट्याउनु ‘अस्वीकार्य’ भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बीबीसीमा उल्लेख छ ।
पश्चिमा देशहरूले कू को निन्दा गरेका छन् तर समान धारणा राखेर वक्तब्य निकाल्न भने चीनले नमानेपछि सुरक्षा परिषद्को प्रयास विफल भएको छ।
सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सूकी सहित शीर्ष नेताहरुलाई गिरफ्तार गरेको थियो।