एजेन्सी । इण्डोनेशियाको एक गाउँमा रगत मिसिए जस्तो पानी सडकमा बगेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
तस्बिरमा गाउँको गल्लीबाट रातो पानीको बाढी आएको देख्न सकिन्छ । तर, यसको वास्तविकता भने फरक छ । सेन्ट्रल जावास्थित पेकलोंगन शहरको एक गाउँमा पानी परेपछि बाढी आएको थियो । बाढीकोे कारण ड्राइङ फ्याक्ट्रीबाट निस्केको रङ पानीमा मिसिएको हो ।
ट्वीटरमा हजारौँले उक्त तस्बिर र भिडियो शेयर गरेका थिए, जसलाई देखेर रगत जस्तो लागेको बताएका थिए । पेकलोंगन शहर परम्परागत प्रविधिबाट कपडाको उत्पादन गर्नमा चर्चित मानिन्छ ।