काठमाडाैं । भारतकाे उत्तराखण्डमा हिमनदीमा आएकाे बाढीमा बगेर दर्जनाैँ मानिस बेपत्ता भएका छन् । अहिलेसम्म २ जनाकाे शव फेला परेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।
हिमनदीमा आएकाे बाढीले उत्तराखण्डस्थित चमोली जिल्लाको धौलीगङ्गा नदीमा पानीको प्रवाह तीव्र भएपछि नदीकाे बाँध भत्किएकाे हाे ।
बाढीमा करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने आशंका गरिएकाे छ । सामाजिक सञ्जालमा राखिएका भिडियाेमा बाढीको भेल तीव्र गतिमा आएकाे र धेरै नोक्सानी पुर्याएको देखिन्छ ।
हराइरहेकामध्ये अधिकांश जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुर रहेको बताइएको छ । अहिले उनीहरुकाे उद्धारकाे प्रयास भइरहेकाे छ ।