काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहकाे भेलामा ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गएकाे दाबी गरेका छन् ।
२३ गतेकाे ओलीकाे भेलाले आफूहरुकाे २८ गतेकाे भेला प्रतिष्ठाकाे विषय बनाएकाे पनि दाबी गरे ।
आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलन सम्बोधनका क्रममा प्रचण्डले भने ‘केपी ओली समूह डिफेन्सिभ हुनेतिर गए । उनकै सेक्युरिटीले ३०/३५ हजार भन्दा बढी थिएनन् भनेपछि अहिले मुखामुख गरिरहेका छन् ।’ ओली समूहले धाक लगाए पनि जनताले साथ नदिएको उनकाे भनाइ थियाे ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली शिक्षक तथा वुद्धिजीविहरूसँग तर्सने गरेकाे पनि बताए । ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्र मन पराउने गरेकाे पनि प्रचण्डले आराेप लगाए ।