काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त आन्दोलनमा कांग्रेस जान नहुने भनाई प्रति ‘गम्भीर दृष्टिदोष’ रहेको बताएका छन् । कांग्रेसका महामन्त्री शशांक कोइरालाको भनाइ प्रति लक्षित गर्दै संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष रहेको भट्टराईले बताएका हुन् ।
सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका थिए ।
महामन्त्री कोइरालाको यो अभिव्यक्तिप्रति संकेत गर्दै भट्टराईले सोमबार बेलुकी ट्वीटरमार्फत जवाफ दिएका छन् । भट्टराईले भनेका छन्, ‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है ।’ ओली प्रतिगमनविरूद्ध संयुक्त संघर्षमा जानुपर्नेमा जोड दिइरहेका भट्टराईले भनेका छन्, ‘हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौं।अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती दोहोरियोस्! संयुक्त संघर्षबाट कोही नभागोस् ! ‘
ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता३०बर्ष टिकेको नबिर्सौं।अहिले नयाॅ शितयुद्धको छायाॅमा त्यस्तै गल्ती दोहोरियोस्!संयुक्त संघर्षबाट कोही नभागोस्!
— Baburam Bhattarai (@brb1954) February 8, 2021 “>
ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता३०बर्ष टिकेको नबिर्सौं।अहिले नयाॅ शितयुद्धको छायाॅमा त्यस्तै गल्ती दोहोरियोस्!संयुक्त संघर्षबाट कोही नभागोस्!
— Baburam Bhattarai (@brb1954) February 8, 2021