logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भगीरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल छैन, अपराधी छिट्टै पत्ता लाग्छ: गृहमन्त्री

    भगीरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल छैन, अपराधी छिट्टै पत्ता लाग्छ: गृहमन्त्री

    3K
    Shares

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) ले भगीरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अपराधी छिट्टै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् ।

    कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताएका हुन् । 

    मंगलबार बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ) को ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको जानकारी दिँदै अपराधीको करिब–करिब नजिक पुगेको बताएको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । ज्ञापन पत्र बुझाउन नेवि संघ पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए ।

    गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता नदेखाएमा नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको अर्का महामन्त्री दीपक भट्टराईले बताए । 

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भगीरथी भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend