काठमाडाैं । म्यानमारमा ‘सैन्य कू’ विरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक महिला गम्भीर घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
प्रहरीले पानीको फोहोरा र रबरको गोली प्रहार गरि मंगलबार भएको प्रदर्शन दमन गर्ने प्रयास गरेको थियो ।
सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारभर विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनमा लाखाैँ मानिसहरु सडकमा देखिएका छन् । सैनिक सरकारले पाँच जना भन्दा धेरै एक ठाउँमा भेला नुहुन पटक–पटक दिएको चेतावनी दिइरहे पनि सडकमा विराेध प्रदर्शन भइरहेकाे छ ।