काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्न एक मिनेट पनि अधिकार नभएको बताएका छन्।
प्रचण्ड–नेपाल पक्षले गरेको विरोध सभामा उनले भने ‘यो अवैधानिक सरकार हो । एक मिनेट पनि केपी ओलीलाई प्रधानमन्त्री पदमा बस्ने वैधानिक अधिकार छैन ।’
अर्को सरकार नबन्दासम्म यो कामचलाउ सरकार भएको पनि उनको जिकीर उनको थियो ।
उनले सबै लोकतन्त्रवादी चुनावको पक्षमा भए पनि संविधानलाई घात गर्ने, संविधानविरोधी चुनाव भने नचाहिएको बताए ।
उनले भने ‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’, तर कुन चुनाव ? संविधान अन्तर्गतको चुनाव, संविधानलाई लागू गर्ने कि ध्वस्त गर्न ? उनले संविधानलाई घात गर्न चुनाव हामीलाई चाहिएको छैन ।’