काठमाडौं । विभाजित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधनका क्रममा पत्रकारहरुले हल्ला गरेपछि थर्काएका छन् ।
बुधबार पार्टीले आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दैगर्दा पत्रकार ऋषि धमला लगायतले दर्शक दीर्घामा कुराकानी गर्न थालेपछि श्रेष्ठले थर्काएका हुन् ।
भाषण राकेर उनले भने ‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्, यताउता नगर्नुस् ।’
श्रेष्ठले पत्रकार ऋषि धमालाको नामै किटेर उनले भने । ‘अन्तरवार्ता गर्ने भए सभा सकिएपछि गर्नुस्, अहिले यताउता नगर्नुस् ।’
पत्रकारहरुलाई थर्काएपछि एकैछिनमा श्रेष्ठले भाषणलाई निरन्तरता दिएका थिए ।