अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एक गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परि कम्तीमा २३ जना गाउँलेले ज्यान गुमाएका छन् ।
उतर प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्यापक सैन्य अभियान थालेको उनले बताएका छन् ।
प्रान्तका गभर्नर नासिर एल–रुफाईले उक्त घटनाको कडा निन्दा एवं भत्र्सना गर्दै लुटेरा समूहका विरुद्ध सैन्य कारबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।
केहि समय अघि देखि नाइजेरियाको यस उत्तरी क्षेत्रमा सशस्त्र समूहले नियमित अन्तरालमा आक्रमणको शृंखला नै चलाएका छन् । लुटेरा समूहले किसानले पालेका गाईवस्तु समेत लुट्ने गरेका छन् ।