काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरत परे पुनः १० लाख मानिस लिएर सिंहदरबार र बालुवाटार घेर्ने आउने बताएका छन् ।
बुधबार काठमाडौंमा आफ्नो पक्षले गरेको सभा सम्बोधनका क्रममाअध्यक्ष दाहालले ओलीले निरंकुशता देखाँउदै गए सिंहदरबार र बालुवाटर घेर्न लाखौं जनता उतार्ने बताएका हुन् ।
अध्यक्ष दाहालले भने, ‘सिंहदरबार र बालुवाटार घेर्न लाखौं लाख मानिस आउँछन् । जरुरी पर्यो भने बालुवाटार र सिंहदबार घेर्न आन्दोलन गर्नेछौँ ।’
बुधबारको कार्यक्रममा ५ लाख मानिस आएको उनको दाबी थियो ।