logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • निर्वाचन आयोगलाई केपी ओलीकाे काइते कुराको पछि नलाग्न प्रचण्डकाे आग्रह

    निर्वाचन आयोगलाई केपी ओलीकाे काइते कुराको पछि नलाग्न प्रचण्डकाे आग्रह

    2.7K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले केपी ओलीकाे कुरा सुनेकाे आराेप लगाएका छन् । उनले केपी ओलीले आयाेगलाई धम्क्याएकाे पनि बताएका छन् ।

    प्रचण्डले भने, ‘आयोग केपी ओलीकाे काइते कुराको पछि नलाग, धम्कीसँग खुट्टा नकमाउ ।’ उनले केपी ‌‌ओलीकाे धम्कीसँग नडराउन पनि आयाेगलाई आग्रह गरे ।

    बुधबार आफ्ना पक्षकाे भेला सम्बाेधनका क्रममा नेकपा विवादलाई लिएर निर्वाचन आयाेगले ‘लक्षण राम्रो नदेखाएको’ भनी टिप्पणी गरेका छन् ।

    उनले धेरैलाई कुर्सीकै लागि आफूहरुले आन्दोलन गरेको भान परेको भन्दै त्यो गलत भएको स्पष्टीकरण दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend