काठमाडौं। बुधबार काठमाडौंमा आयोजित प्रचण्ड- नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाको विरोध सभा पश्चात सभास्थल वरिपरि जम्मा भएको फोहोर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सफाई गरिएको छ।
भेला सम्पन्न भइसकेपछि अन्य नेता तथा कार्यकर्ताहरु घर फर्किएपनि प्रवक्ता श्रेष्ठ सरसफाईमा लागेका हुन्। श्रेष्ठले झाडु लिएर सडक सफाई गरेका थिए।