logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    2K
    Shares

    एजेन्सी । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । यद्यपि भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

    यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ ।  अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७।७ म्याग्निच्युटको भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend