सिस्टर अन्द्रे युरोपकी सबैभन्दा ज्येष्ठ फ्रान्सेली महिला हन् । उनलाई केहि समय अघि मात्र कोरोना भाइरसको संक्रमण भएको थियो ।कोरोना संक्रमणबाट मुक्त भएपछि बिहीबार आफ्नो ११७ औं जन्मदिन मनाउन उनी निकै उत्सुक देखिएकी छिन्। उनले उनको ११७ औँ जन्मदिन भोज र स्याम्पेनको साथ मनाउने बताएकी छिन्।
१९१८ को फ्लू महामारी, दुई विश्व युद्ध र धेरै दुःखलाग्दो घटनाहरूको सामना गरिसकेकी उनले अहिले कोरोना महामारि जितेकोमा अर्को उपलब्धि हासिल गर्न सफल भएको बताएकी छिन् ।
वासिड्टन पोस्टको अनुसार उनलाई १६ जनवरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो तर कुनै लक्षणहरुभने उनमा देखिएको थिएन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनी दक्षिण फ्रान्सको तोउलनमा उपचारका लागि घरमै आइसोलेसनमा बसेकी थिइन् । सिस्टर अन्द्रे दृष्टिविहीन हुन् र उनी ह्विलचियरको साहारामा हिडडुल गछिँन् ।
उनी साँच्चै भाग्यमानी रहिछन्’ सेन्ट क्याथरिन लेबर अवकास गृहका प्रवक्ता डेभिड तावेलाले भने, ‘उनले आफ्नो स्वास्थ्यको बारेमा मसँग केही सोधिनन्, तर खानेकुरा र सुत्ने समयमा हुने परिवर्तनबारे मात्र सोधिन् ।’
उनी सन् १९०४ को फेबु्रअरी ११ मा जन्मिएकी थिइन् । जेरोन्टोलोजी रिसर्च गु्रपको विश्व सुपरसेन्टेनरियन र्यांकिङअनुसार सिस्टर अन्द्रे युरोपको सबैभन्दा ज्येष्ठ नागरिक हुनुका साथै विश्वमै सबैभन्दा धेरै बाँच्ने दोस्रो जीवित व्यक्ति हुन् । एजेन्सी