काठमाडाैं । महिला हिंसाविरुद्ध बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार काठमाडौंमा महिला मार्च गरिएकाे छ ।
एकपछि अर्को गरी भइरहेका बलात्कार घटनामा सरकार मूकदर्शक भएका कारण सडकबाट महिला मार्च गरेर चुनाैति दिइएकाे मार्चमा सहभागी भएकाहरुले जनाएका छन् । वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म गरिएकाे मार्चमा महिलाकाे मृत शरीर बाेकेर प्रदर्शन गरिएकाे छ ।