काठमाडाैं । ताजकिस्तान केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युटको भूकम्प गएको छ । भूकम्पका कारण दक्षिण एसियाका केही शहरकाे जनजीवन प्रभावित भएकाे छ ।
शुक्रबार राति गएको भूकम्पको धक्का पाकिस्तानको राजधानी इस्लामावाद तथा भारतका केही क्षेत्रमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा शुक्रबार राति ६.३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ तर अमेरिकी भौगर्भिक सर्भेले भने भूकम्प ५.९ म्याग्निच्युटको रहेको जनाएको छ ।
भूकम्पका कारण मानवीय क्षति भएकाे खबर भने आएका छैनन् । ताजकिस्तान केन्द्रबिन्दु भएर भूकम्प गए पनि पाकिस्तानको उत्तरी क्षेत्रमा बढि धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।