काठमाडौं। प्रचण्ड- नेपाल पक्षीय नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताएका छन्।
आफू पक्षीय नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु मर्न तयार भएको तर १० बर्षे जनयुद्धको उपलब्धिलाई गुम्न नदिने बताएका हुन्।
प्रधानमन्त्री केपी ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको भन्दै प्रचण्डले यो हुन नदिइने बताए। संविधानमाथि घात गर्नेलाई जनताले त्यसै नछाड्ने चेतावनी प्रचण्डको थियो।
प्रचण्डले हजारौँको बलिदानबाट प्राप्त उपलब्धि खतरामा रहेको उल्लेख गर्दै फेरि एकचोटी बलिदानका लागि तयार रहन संकल्प गर्नुपर्ने धारणा राखे।