logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल

    ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल

    2.1K
    Shares

    काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल भएको छ ।

    माथिल्लो सदन सिनेटमा दुई तिहाइ बहुमत नपुग्दा ट्रम्पविरूद्धको महाअभियोग  असफल भएको हो । शनिबार भएको मतदानमा महाअभियोग पारित गर्ने पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो । 

    महाभियोग पारित हुनका लागि दुई तिहाइ अर्थात ६७ सदस्यको मत चाहिन्छ । सात जना रिपब्लिकन सिनेटरले पनि महाअभियोग पारित गर्ने पक्षमा मत हालेका थिए ।

    जनवरी ६ मा संसद भवनमा हिंसा भड्काउन उक्साएकाे आरोपमा ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो ।

    ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको हो । यसअघि पनि उनीविरूद्ध आएको महाअभियोग सिनेटबाट अस्वीकृत भएको थियो । ट्रम्पमाथि महाअभियाेग लागेकाे भए आउँदा दिनमा कुनै पनि पदका लागि चुनाव लड्न नपाउने गरि सिनेटले प्रतिबन्ध लगाउने थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend