काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठनको आज तीन वर्ष पूरा भएको छ । २०७४ फागुन ३ गते गठन भएको सरकारको तीन वर्षे कार्यसम्पादनबारे प्रधानमन्त्रीले आज देशबासीको नाममा सम्बोधन समेत गर्ने भएका छन् । तर, सामाजिक सञ्जालमा भने ओली सरकारको तीन वर्षे कार्यकालको नकारात्मक चर्चा बढी भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशलाई तीन वर्षमा तीन वटा उपहार दिएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘नेकपाले देशलाई ३ वर्षमा दिएको ३ उपहार दम्भ, द्वन्द्व र भ्रष्टचार आज फागुन ३ मा ३ वर्ष पुगेको सरकारको सार समिक्षा यतिनै । शब्दलाई दु:ख दिएर शब्दकोषको फजुल खर्च गरिएन । जय नेपाल ।’
न बिर्सें तिमिलाई न पाएं तिमिलाई, बिना अर्थ दिलमा सजाएं तिमिलाई !
३ बर्ष अघि दिएको मत सम्झंदै जनताको एकालापमा आज सायद यहि गित छ l रंगिन सपनाहरुको हवाई उडान पाइलट @PM_Nepal कै कारण चुंडिएको चंगा जो भएको छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 15, 2021
त्यस्तै उनले रंगीन सपनाहरुको हवाई उडान प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण चुडिएका चंगा जस्तो भएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘न बिर्सें तिमिलाई न पाएं तिमिलाई, बिना अर्थ दिलमा सजाएं तिमिलाई ! ३ बर्ष अघि दिएको मत सम्झंदै जनताको एकालापमा आज सायद यहि गीत छ । रंगिन सपनाहरुको हवाई उडान @PM_Nepal पाइलट कै कारण चुंडिएको चंगा जो भएको छ ।’