logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • म्यान्मार कू सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध सैन्य दमन नगर्न चेतावनी

    म्यान्मार कू सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध सैन्य दमन नगर्न चेतावनी

    3K
    Shares

    काठमाडौं। म्यानमारमा सेनाको कदम विरुद्ध पछिल्ला दिनहरुमा लगातार प्रदर्शन भइरहेका छन् । सैनिक सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै हजारौं वर्मेली नागरिकले दिनहुँ विरोध प्रदर्शनलाई जारी राखेका छन् ।

    गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्दै फ्रेब्रुअरी १ मा म्यानमारमा सेनाले देशको शासन आफ्नो हातमा लिएको छ । निर्वाचनमा आङ साङ सूचीको नेसनल लीग फर डेमोक्रेसीले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो ।

    सैन्य कूसँगै नेतृ सुचीसहित एनएलडीका विभिन्न नेता पनि सेनाको नियन्त्रणमा रहेका छन् । लगातार नौ दिनदेखि जारी विरोध प्रदर्शनहरुलाई दबाउन सेनाले ठूलो संख्यामा आफ्नो शक्ति परिचालन गरेको बीबीसीले जनाएको छ ।

    रातको समयमा निषेधाज्ञा जारी गरेपनि त्यसको उल्लंघन गर्दै सर्वसाधारण सेनाको कदमको विरोधमा सडकमा उत्रिएका हुन् । विरोधका गतिविधि नियन्त्रणमा लिने सेनाले रातको समयमा इन्टरनेट समेत बन्द गराएको छ ।

    म्यानमारको उत्तरी राज्य काचिनमा सुरक्षाकर्मीको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएका छन् । सेनाको कदमको विरोध गर्दै विभिन्न राष्ट्रले नेताहरुलाई रिहा गर्न सैनिक सरकारसँग आग्रह गरेका छन् ।

    म्यानमारस्थित संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि टम एन्ड्रयुजले सेनाको गतिविधिले आम नागरिकमा निराशा छाइरहेको बताए । उनले सेनाले नागरिकमाथि युद्धको घोषणा गरेकाले परिणाम सकारात्मक नआउने चेतावनी समेत दिएका छन् ।

    यस्तै युरोपियन युनियन, बेलायत, क्यानडालगायत विभिन्न दूतावासहरुले विज्ञप्ती जारी गरेर सुरक्षा फौजलाई नागरिकमाथिको धरपकड नगर्न चेतावनी दिएका छन् । उनीहरुले निर्वाचित सरकारको पतन रोक्न भएका प्रदर्शनहरुमाथि हिंसा नगर्न आग्रह समेत गरेका छन् ।

    म्यानमारका जनतालाई प्रजातन्त्र, स्वतन्त्रता, शान्ति र समृद्धिका लागि हामी समर्थन गर्ने ती मुलुकहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीम उल्लेख छ । यता रातको समयमा पनि प्रदर्शनहरु जारी रहेकाले सुरक्षाकर्मीले विभिन्न शहमा सर्वसाधारणका घरमा छापा मारेको बताइएको छ ।

    यस्तै सेनाले आफ्नो कारवाहीलाई बलियो बनाउन २४ घण्टा भन्दा लामो समय व्यक्तिलाई हिरासतमा राख्न र निजी सम्पति खोजी अदालतको आदेश आवश्यक पर्नेलगायतका कानुनहरु निरलम्बन गरेको छ । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend