logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • न्यू जील्याण्डमा कोरोनाविरुद्धको खोप पहिलो पटक भित्रियो

    न्यू जील्याण्डमा कोरोनाविरुद्धको खोप पहिलो पटक भित्रियो

    2.2K
    Shares

    विलिङ्टन । न्युजिल्याण्डमा कोरोनाभाइरस विरुद्धको खोप पहिलो पटक सोमबार भित्र्याइएको छ ।  
    कोरोनाभाइरसको महामारी नियन्त्रणमा निकै राम्रो भूमिका खेलेकि प्रधानमन्त्री जसिन्डा अर्डेनले सोमबार मात्रै खोप ल्याइएको पुष्टि गरेकी हुन् । 
    स्थानीय समय अनुसार सोमबार विहान ९ः३४ मा ६० हजार मात्राखोप स्वदेश ल्याइएको उनले जानकारी दिइन् । 

    खोप ल्याइएपछिको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘फाइजर÷बायोएनटेक खोप न्युजिल्याण्डमा ल्याइएको छ, अव यो लगाउन सुरु गरिनेछ, यसलाई ठूलो अभियानको रुपमा अगाडी बढाउने तयारी भएको छ ।’

    आफ्नो देशमा पनि केही परीक्षण गरेपछि मात्रै खोप लगाउने अभियान सुरु गरिने पनि प्रधानमन्त्री अर्डेनले जानकारी दिइन् । 

    उनकाअनुसार आगामी शनिबारदेखि सुरुमा केही सिमित व्यक्तिहरुलाई मात्रै खोप लगाउन थालिनेछ । कोरोनाभाइरस विरुद्ध अग्रपङ्क्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीसँगै आइसोलेसन र क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरूलाई सुरुको चरणमा खोप लगाउने योजना सरकारले बनाएको उनले बताइन् । 

    आगामी दुई देखि तीन हप्तामा झण्डै ३० हजार जनालाई खोप दिने तयारी रहेको उनको भनाइ छ । एक जनालाई दुई ओटा खोप लगाउनु पर्ने भएकाले ६० हजार खोप ३० हजार जनालाई लगाउन सकिने भएको हो । 

    ‘अग्रपङ्क्तिमा रहेर कामगर्दै आएका सफाई मजदुर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाइने भएको छ,’ उनले भनिन् । 

    खोप लगाएपछि न्युजिल्याण्डका सवै नागरिक कोरोनाभाइरसबाट सुरक्षित हुने उनले विश्वास व्यक्त गरिन् । 

    उनकाअनुसार आगामी मार्च अन्त्यसम्ममा दुई लाख २५ हजार खोप ल्याउने तयारी भएको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend