काठमाडौं। संसद विघटनको मुद्दामा आज (मंगलबार)बाट एमिकस क्युरीको बहस शुरु हुँदैछ। रिट निवेदक र सरकारका तर्फबाट बहस सकिएसंगै आजबाट एमिकस क्युरीको बहस शुरु हुने भएको हो।
एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना वकिल छन्। बार एशोसियसनबाट बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल र सर्वोच्च अदालत बार एशोसियसनबाट गीता संग्रौला र पूर्णमान शाक्य रहेका छन्।
एमिकस क्युरीले संवैधानिक इजलासलाई राय सल्लाह दिनेछ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ, तेजवहादुर केसी र सपना मल्ल प्रधान रहेका छन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदम संविधानविपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।