काठमाडाैं । गैरसैनिकीकृत क्षेत्र नाघेर दक्षिण काेरियाको भूमिमा प्रवेश गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । उनी उत्तर कोरियाली नागरिक भएको अनुमान गरिएको छ ।
मङ्गलबार दक्षिण कोरियातिर प्रवेश गर्न खोज्दा ती व्यक्तिलाई सीमामा परिचालित दक्षिण कोरियाली सुरक्षाकर्मीहरूले तीन घण्टा निगरानी गरेर पक्राउ गरेकाे बीबीसीले जनाएकाे छ ।
गत नोभेम्बरमा पनि एक व्यक्तिले त्यसरी नै सीमा पार गरेका थिए ।