logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वबाट वैदेशिक हस्तक्षेप बढ्याे : नारायणकाजी श्रेष्ठ

    सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वबाट वैदेशिक हस्तक्षेप बढ्याे : नारायणकाजी श्रेष्ठ

    2K
    Shares

    काठमाडाैं । नेकपा माधव–प्रचण्ड समूहका प्रवक्ता तथा संघर्ष समितिका संयाेजक नारायणकाजी श्रेष्ठले विदेशी शक्ति आमन्त्रण गर्ने र तिनकाे आडमा अघि बढ्ने प्रवृत्ति सत्ता स्वार्थकाे भएकाे आराेप लगाएका छन् । 

    श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश गम्भीर स‌ंकटबाट गुज्रिरहेकाे पनि बताएका छन् । उनले लेखेका छन् ‘संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुन: वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ । सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ ।’

    उनले सत्तामा भएकाहरुले विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका आराेप पनि लगाएका छन् । 

    उनले वैदेशिक हस्तक्षेपलाई परास्त गर्न एकजुट हुन आग्रह पनि गरेका छन् । उनले भनेका छन्, ‘सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔँ । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौँ । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend