नयाँ दिल्ली । पत्रकार प्रिया रमानीलाई भारतको दिल्लीस्थित राउज एभेन्यु अदालतले मानहानी मुद्दामा सफाइ दिएको छ । सफाइ पाए लगत्तै उनले यो जित महिलाहरुको जित भएको प्रतिक्रिया दिएकी छन् ।
महिला हिँसाविरुद्द विश्वब्यापी रुपमा चलेको ‘मि टु’ अभियान सुरु भएसँगै सन् २०१८ मा रमानीले अकबरमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।
रमानीले १९९३ डिसेम्बरमा अकबरले नोकरीका लागि भन्दै मुम्बईको ओबराय होटलमा बोलाएर यौन शोषण गरेको आरोप लगाएकी थिइन् । तर उक्त आरोप आधारहिन भएको र रमानीले आफ्नो चरित्र हत्या गरेको भन्दै भारतका पूर्व केन्द्रीय मन्त्री एम. जे.अकबरले रमानीविरुद्ध मानहानी मुद्दा हालेका थिए ।
अकबरले आफूमाथि यस्तो आरोप लागेपछि २०१७ अक्टोबरमा केन्द्रीय मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए ।
अदालतले महिलाहरूलाई यौन उत्पीडनको सामना गर्न दशकौँपछि पनि उजुरी गर्ने अधिकार रहेको भन्दै बुधबार फैसला सुनाएको छ ।