logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • महिला हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

    महिला हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

    1.9K
    Shares

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । 

    ‘त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ’, उनले सामाजिक सञ्जालमार्फत भने, ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको दायरामा आइसकेको छ ।’ मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरीसहितको समूहलाई धन्यवाद पनि दिए ।

    यसअघि गृहमन्त्री थापाले मङ्गलबार उक्त घटनाको दोषी नजिक प्रहरी पुगिसकेको सार्वजनिक गरेका थिए । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षका किशोरलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend