logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एमिकस क्युरीका तर्फबाट शाक्यको राय: ‘प्रधानमन्त्रीलाई कुनै पनि विशेषाधिकार छैन’

    एमिकस क्युरीका तर्फबाट शाक्यको राय: ‘प्रधानमन्त्रीलाई कुनै पनि विशेषाधिकार छैन’

    1.6K
    Shares

    काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले नेपालको संविधानमा प्रधानमन्त्रीलाई कुनै पनि विशेषाधिकार नभएको बताएका छन् ।  

    एमिकस क्युरीका तर्फबाट संवैधानिक इजलासलाई आफ्नो राय दिँदै शाक्यले संविधानमा प्रधानमन्त्रीलाई कुनै पनि विशेषाधिकारको व्यवस्था नभएकोले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नपाउने बताए । 

    शाक्यले लिखित संविधान भएको राष्ट्रमा कसैमा पनि असिमित अधिकार नहुने उल्लेख गरे । 

    एमिकस क्युरीमा नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना वकिल छन् । 

    बार एशोसियसनबाट बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेलले बहस गरिसकेका छन् ।  सर्वोच्च अदालत बार एशोसियसनबाट गीता संग्रौला र पूर्णमान शाक्य रहेका छन् । शाक्यको बहस आजबाट शुरु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend