logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युगान्डामा विष्फोटमा परी चार बालबालिकाको मृत्यु

    युगान्डामा विष्फोटमा परी चार बालबालिकाको मृत्यु

    1.7K
    Shares

    काठमाडौं।  युगान्डाको उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी शरणार्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

    उक्त बम विस्फोट हुँदा बालबालिकाहरु ग्रेनेड काट्ने कोशिस गरिरहेका थिए । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो  । अन्य छ जना गम्भीर घाइते भएका प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । घाइतेहरु मध्ये एक बालकको मृत्यु भएको जनाइएको छ ।  घाइते अन्य पाँच बच्चाहरुलाई थप उपचारको लागि आद्जुमनी अस्पतालमा सारिएको बताइएको छ । 

    संयुक्तराष्ट्र संघ शरणार्थी निकायको तथ्यांकअनुसार माजी शरणार्थी बस्तीमा छिमेकी राष्ट्र दक्षिण सुडानबाट आएका १७  हजार भन्दा बढी शरणार्थीहरु रहेका छन्।
     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend