logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • केन्द्रीय सदस्यको नागरिकतासहित आज प्रचण्ड-नेपाल निर्वाचन आयोग जाने

    केन्द्रीय सदस्यको नागरिकतासहित आज प्रचण्ड-नेपाल निर्वाचन आयोग जाने

    2.3K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन अयोग जाने तयारी गरेको छ ।

    पार्टीको आधिकारिकता बारे आयोगले निर्णय दिइनसकेको अवस्थामा प्रचण्ड–माधव समूहले आफूपक्षीय केन्द्रीय सदस्यलाई नागरिकतासहित आयोगमा उपस्थित गराउने भएको हो । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने यो समूहले दावी गर्दै आएको छ । 

    प्रचण्ड–माधव समूहले त्यसका लागि आफूपक्षीय केन्द्रीय सदस्यलाई नागरिकता लिएर पार्टी कार्यालय पेरिसडाँडामा आज मध्यान्नमा उपस्थित हुन भनेको छ । मध्याह्न १२ बजे पेरिसडाँडामा भेला भएर १ बजे निर्वाचन कार्यालयमा नागरिकतासहित केन्द्रीय सदस्यहरु उपस्थित गराउने प्रचण्ड–माधव पक्षको तयारी छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । यद्यपी यसले कानूनी मान्यता भने पाइसकेको छैन ।

    प्रतिनिधिसभा विघटनपछि नेकपा प्रचण्ड–माधव समूह र ओली समूहमा विभाजित भएको छ । दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend